ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा एमालेले सुरुवाती अग्रता कायम गरेको हो । दुई सय मतगणना गर्दा एमालेका उम्मेदवारले १०७, कांग्रेसका उम्मेदवारले ४६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ र माओवादी केन्द्रले ७ मत ल्याएको छ ।