बसन्त निर्माणका क्रममा समय ले म बाट धेरै कुरा खोसेको छ । संगित बाट कमाएका केहि साथीभाई, शुभेच्छुक खोसेको छ ! केहि माया लाग्दा र जरुरी सम्बन्धहरु खोसेको छ । मैले मन्दिर जत्तिकै मान्ने स्टेजहरु खोसेको छ ! भगवान जस्तै मान्ने दर्शकहरु खोसेको छ । जिवनमा रंग भर्ने यात्राहरु खोसेको छ ! र सबै भन्दा महत्वपुर्ण योजना विपरित बिचमा एउटा चलचित्रको प्रदशनमा मैले समय दिन नपाएपछि केहि शुभेच्छुकहरुको नजरबाट मेरो ईमान खोसेको छ । यसबाहेक भोक खोसेको छ ! निद्रा खोसेको छ र म भित्रको एक शान्त मानिस खोसेको छ ! तर एक बारको जुनिमा आफ्नै सपनाको यो हद छोएको मा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘बसन्त’मार्फत नै समय ले खोसिएका सबै फेरी फिर्ता दिनेछ !
मैले “बसन्त” मा म भित्रका सबै रंगहरु पोखेको छु । यदि बसन्त तपाईलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सिमितता यहि सम्म हो ! मैले यहा भन्दा थप केहि जान्दिन । यसो भनौ, म यो जन्मका लागी जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति !
अब बाकि कर्महरु यसकै निरन्तरता हुनेछन । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जिवनमा अगाडि जुन कर्म गरे पनि त्यो बसन्तकै एउटा रंग हुनेछ ! किनकि यो जन्मका लागी म जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति..
अनि सुन्नुस न , हुनत बल्ल शिशिर रितु शुरु हुदैछ तर हामीलाई बसन्त लागिसक्यो । अर्को हप्ता देखि एक-एक थुंगा लालिगुराँस तपाईलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ ( April 4)को निम्तो सम्झेर स्विकार्दै जानु होला है