सुनसरी ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को जिल्ला भेला अन्तर्गत उदयपुरमा माघ १० गते बिहिबार हुने भएको छ ।चौदन्डीगडी नगरपालिका ६ मा बिहान १० बजे बाट खुल्ला सभा हुने जिल्ला पार्टी सभापति चित्र कुमार कार्की ले राष्ट्रिय बुलेटिन संग को कुराकानी मा बताए ।
कार्यक्रम मा पार्टीका केन्द्रिय सहप्रबक्ता रमेश प्रसाई सहित माननीय संसद समेत आउने भएका छन् ।१० बजे बाट कार्यक्रम शुरु भएर दिउसो १ बजे बाट बन्द सत्र सुरु हुनेछ। उद्योग बाणिज्य संघ बेल्टार को सभाहलमा हुने बन्द सत्रले केहि पद पूर्ति गर्ने निर्णय मा पुग्नेछ।सर्वसहमति बाहेक का केहि पदमा पार्टीको बिधान र कार्यविधि अनुसार चुनाव बाटै टुंगो लगाउने भएको छ ।पार्टी को कार्यबिधि ,कार्यबिधान अनुसार नै अगाडी बढ्ने सभापति कार्की ले बताए ।
पार्टीलाई अझै बलियो ,सशक्त,दिर्घकालिन योजना तर्जुमा गर्न र सांगठनिक रुपमै पार्टीका निर्णय अनुकुल बनाउन आफू सँधै लागि परिरहने सभापति चित्र कुमार कार्की ले बताए ।यस जिल्ला भेला पश्चात उदयपुर मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै सशक्त रहने पदाधिकारी हरु बताउछन्।