होमग्याजेटहरूगुगलबाट यसरी मेटाउनुस् आफ्नो निजी जानकारी

गुगलबाट यसरी मेटाउनुस् आफ्नो निजी जानकारी

Date:

Related stories

सुख्खा हुँदा अर्थ व्यवस्थामा दबाव,

लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद...

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी बचत रकम अपचलन

सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी...

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

सुजसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति...
spot_imgspot_img

गुगलमा सर्च गर्दा रिजल्टमा आफूलाई पनि देखाइयोस् भन्ने चाहने पनि छन् । तर केहीको चाहना भने आफूलाई यस्ता सर्च रिजल्टमा नदेखाइओस् भन्ने हुन्छ ।

कहिलेकाहीँ अनलाइनमा हाम्रो सामाजिक सञ्जाल खाता, फोन नम्बर, घरको ठेगाना र बैंक विवरणहरू नै उपलब्ध हुन्छन् । सबैभन्दा ठुलो समस्या त्यतिबेला हुन्छ जब यी विवरणहरू गुगलमा देखा पर्न थाल्छन् । आजको यस लेखमा हामी गुगलको खोज परिणामबाट आफ्ना व्यक्तिगत जानकारी कसरी हटाउने भनेर कुराकानी गर्नेछौँ ।

गुगलले भर्खरै प्रयोगकर्ताका लागि रिजल्ट अबाउट यु भन्ने फिचर सुरु गरेको छ । यो फिचर गुगलबाट प्रयोगकर्ताका व्यक्तिगत जानकारी हटाउन डिजाइन गरिएको हो । यसको मद्दतले तपाईँले आफ्नो व्यक्तिगत जानकारी आफैँ पनि हटाउन सक्नुहुनेछ ।

यसका लागि गुगल सर्पोट पेजमा जानुपर्छ । यहाँ आफूले खोज परिणामबाट हटाउन चाहेको यूआरएलहरू उल्लेख गर्दै फारम भर्नुपर्नेछ । यस फारममा एकै साथ धेरै यूआरएलहरू थप्न सकिनेछ । गुगलले यी पेजलाई भेरिफाई गर्नेछ । तपाईँले दिएको जानकारी सही छ भने खोज परिमाणमा तपाईँका जानकारी आउन बन्द हुनेछ । तर, यो प्रक्रिया केही समय लाग्न सक्छ ।

वेबसाइटबाट सिधै यसरी हटाउनुस्

व्यक्तिगत जानकारी हटाउने अर्को तरिका चाँहि सिधै त्यो पृष्ठ गएर त्यहाँ भएका जानकारी हटाउन अनुरोध गर्ने हो । यसका लागि तपाईँले यूआरएलको छेउमा तीनवटा थोप्लाहरूमा क्लिक गर्नुपर्नेछ र त्यसपछि अबाउट दिस रिजल्ट पेजमा जानु पर्नेछ । यहाँबाट रिजल्ट अप्सन विकल्पमा क्लिक गर्नुहोस् । यसपछि पृष्ठ हटाउने प्रक्रिया सुरु हुनेछ ।

 

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्