होममनोरञ्जन‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड, नेपालमा ४६ करोड पुग्यो

‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड, नेपालमा ४६ करोड पुग्यो

Date:

Related stories

सुख्खा हुँदा अर्थ व्यवस्थामा दबाव,

लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद...

विवाहको हल्ला फैलाउनेविरूद्ध साइबर ब्युरोमा उजुरी दिने रचना रिमालको चेतावनी

गायिका रचना रिमाललाई विवाहको झुटो खबरले हैरान बनाएको छ...

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी बचत रकम अपचलन

सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी...
spot_imgspot_img

 ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको चौंथो साता (१२ मङ्सिरसम्म) देशब्यापी ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २८ दिनसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

जसअनुसार पछिल्लो चौंथो साताको आइतबारदेखि बुधबारसम्मको कमाइ २ करोड ३४ लाख रुपैयाँ ग्रस छ । विजय बराल स्टारर फिल्मले २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको थियो ।विहिबारको हिसाब आउन बाँकी छ । पाँचौ सप्ताहन्त अर्थात शुक्रबार र शनिबारको कलेक्सन आइतबार सार्वजनिक गर्ने तयारी छ । प्रक्षेपण र ट्रेन्ड हेर्दा फिल्मले यस सप्ताहन्त पनि राम्रै कमाइ गर्ने अनुमान छ ।

निर्माता तथा वितरण कम्पनी सेभेन सिजले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको छ । ७ विदेशी बजारबाट बुधबारसम्म फिल्मले २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको छ ।

सबैभन्दा धेरै कमाइ अमेरिकी बक्स अफिसमा छ, जहाँ फिल्मले १२ करोड ४६ लाख नेरु ग्रस (९ लाख २२ हजार अमेरिकी डलर) कमाएको छ । फिल्मले दोस्रो धेरै कमाइ अस्ट्रेलियामा गरेको छ । त्यहाँको बक्स अफिसमा फिल्मले ७ करोड ७८ लाख नेरु ग्रस (८ लाख ८४ हजार अष्ट्रेलियाली डलर) कमाएको छ । न्युजिल्याण्डमा ३४ लाख ३५ हजार नेरु ग्रस (३९ हजार अस्ट्रेलियन डलर) छ ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्