चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड कायम भएको छ।
यस्तै, वस्तु आयातमा ४.२ प्रतिशतले कमी आई तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ।
गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ।
यस्तै, विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ। अधघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.५ प्रतिशतले वृद्धि भई तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रयमासमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो।