उदयपुर को बेलका नगरपालिका वडा ९ मा अधक्ष पदमा चार पार्टीबीच कडा पर्तिस्पर्धा हुदैछ।अन्य पुराना दल र ति दलका पुराना घोषणा पत्र भन्दा फरक र नँया योजना लिएर यतिबेला घरदैलो मा पुगेको छ राष्ट्रिय स्वतन्त्र पार्टी (रा .स्व.पा)आफ्ना उम्मेद्दवार तेजमान विश्वकर्मा का साथमा। बेलका नगरबासी को समस्या र चुनौतीलाई नजिक बाट नियालेका तेजमान ले आफ्नो पार्टी ले जित्ने हो भने मात्र याँहाको विकास हुन सक्ने आकलन गरेका छन् ।अन्य पुराना दल र नेतालाई पटक पटक अवसर दिएको तर ति अवसर लाई गलत साबित गरेका हुनाले पनि अब मङ्सिर १६ गते हुने चुनावमा यँहा का जनताले घण्टी मा नै मत दिने विश्वास गरेका छन् ।आफ्नो घोषणा पत्रमार्फत प्राथमिकता मा शिक्षा, खानेपानी ,विपद तथा प्रकोप, सूचना ,प्रबिधि भौतिक पुर्बधार, स्वास्थ्य र अर्थतन्त्र लाइ राखेर काम गर्ने प्रतिबदद्ता राष्ट्रिय स्वतन्त्र पार्टी ले जनाएको छ। घोषणा पत्र पत्रमा सिमित नभई जनताले जिताए हरेक प्रतिबदता पुरा गरेरै छोड्ने तेजमान ले राष्ट्रिय बुलेटिन सँग को अन्तरबार्ता मा बताए “धेरै पटक अन्य ठुला दल ले अवसर पाएर पनि विकास नगरेको देखेर यँहा का जनता आजित भएका छौ “एक स्थानीय ले बताए “अब को समर्थन घण्टी बाहेक अरुलाई नहुने” समेत ति स्थानीय को भनाई छ ।आफू निर्बाचित भए आफुले गर्नुपर्ने भूमिका र वडा नं ९ लाई जनताले महशुस गर्ने सेवक बनेर र “सोफा कुर्सी सेवाग्राहीलाई भुई आसन वडा अधक्षलाई ” को तात्पर्य आत्मसाथ गर्दै आफु निरन्तर जनताको सेवा मा लागि पर्ने तेजमान ले बताए ।राजनीतिक अस्थिरता ,खिचातानी, दलिय भागबन्डा, नाताबाद र कृपाबाद ले सधै जनता ले दु: ख पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको बुझाई छ यी सबै पुराना प्रबितिलाई समाधान गर्ने एक मात्र पार्टी आफ्नो भएको बिस्वकर्मा ले बताए उनले आफ्नो पार्टीलाई बहुमतले जिताउन अपिल समेत गरेका छन् ।