होमराजनीतिएमाले बाट निर्बिरोध टिकट पाएका मोहन खड्का :जनता का सेवामा अहोरात्र खट्नेछु...

एमाले बाट निर्बिरोध टिकट पाएका मोहन खड्का :जनता का सेवामा अहोरात्र खट्नेछु ।

Date:

Related stories

सुख्खा हुँदा अर्थ व्यवस्थामा दबाव,

लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद...

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी बचत रकम अपचलन

सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी...

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

सुजसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति...
spot_imgspot_img

सुनसरी।मंसिर १६ गते हुने स्थानिय उपनिर्वाचनका लागि आईतबार दलहरुले निर्बाचन आयोग पुगेर आफ्ना प्रतिनिधि (उम्मेद्वार) को नाम दर्ता गराए।
कोशी प्रदेश को उदयपुर स्थित बेलका नगरपालिका रामपुर वडा ९ मा रिक्त रहेको वडा अधक्ष पदमा जनताले आशा र भरोसा मानेका नेकपा एमाले ले मोहन खड्का लाई टिकट दिएको छ। यूवा नेतृत्व गर्न सक्ने र एमाले पार्टीको बिरासत जोगाऊन सक्षम नेतृत्त्वकर्ता पाएको स्थानिय बताऊछन्।खड्काको शिक्षा लाई हेर्ने हो भने ब्यबस्थापन बिषयमा डिग्री गरेर कानून बिषयमा समेत स्नातक गरेका व्यक्ति हुन् ।पछिल्लो समय जनताले पढेलेखेका र हेरक क्षेत्र मा ज्ञान रहेका प्रतिनिधिलाई विश्वास गर्ने र मत दिने गरेकोमा मोहन खड्का रामपुरका लागि विकासको धरोहर बन्न सक्छन्। लामो समय अध्ययन ,समसामियक घटना,पालिकाका समस्या गर्नुपर्ने विकास र चुनौतीलाई नजिक बाट नियालेका खड्का आफूलाई जनताले मत दिएर जिताउने विश्वासमा छन् ।”बिधार्थी जीवन देखि नै हरेक समस्यालाई विचार र समोन्यात्मक भूमिका बाट समाधान गर्न सक्षम व्यक्ति हुन्” महेन्द्र क्याम्पस धरान का एक प्राचार्य ले भने। खड्का महेन्द्र क्याम्पस धरान बाटै अध्ययन गरेका व्यक्ति हुन्।

खड्का ले पहिले जनताका समस्या भित्र पनि शिक्षा, स्वास्थ्य र आधारभूत आवस्यकता लाई प्राथमिकता मा राखेर काम गर्ने प्रतिबद्ता व्यक्त्त गरेका छन् ।लामो समय आफ्नै गाँउ ठाँऊ मा सामाजिक राजनैतिक र समसामयिक घट्ना र आवस्यकतालाई सहजकर्ता को भूमिका खेलेर स्थानीय बासिन्दाको मन जितेका उनलाई एमाले पार्टी बाट निर्बिरोध टिकट दिएको हो। जुनसुकै पार्टी बाट टिकट भएता पनि पार्टी भन्दा माथि उठेर जनता र देश को सेवामा लाग्ने स्थानीय सँग प्रण गरेका छन् ।कोरोना पछिको ब्यापार ब्यबसायीको समस्या र खच्किदो अर्थतन्त्र लाई चलयमान र केहि राहत महसूस गराउने उदेश्य पनि प्रतिबदद्ता भित्र प्राथमिकता मा राखेका छन्। उनी आफै एक सफल ब्यापारी रहेर पनि कलकारखाना र व्यापार व्यवसायीको समस्यालाई नजिक बाट नियालेका उनले १६ गतेको चुनावमा जनताले अत्यधिक बहुमत ले आफूलाई जिताउने विश्वास रहेको राष्ट्रिय बुलेटिन सँग को कुराकानीमा बताए। मोहन खड्का संग को कुराकानी २०८१/०८/०९ गते साँझ ५ बजे youtube rastriya bulletin हेर्न सक्नुहुन्छ ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्