सुनसरी। थारु सम्वत् २६४८ को सुरुवात भएको हो ।थारु समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।थारु समुदायमा आजदेखि (माघ १) नयाँ वर्ष सुरु भएको छ ।ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष (माघ पर्व)भन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएको मान्यता रहेको थारु संस्कृतिका जानकार तथा प्राध्यापक कनैलाल चौधरी बताउँछन् ।यो पर्वका अवसरमा हरेकका घरमा विशेष परिकार बनाएर खाने गरिन्छ । वर्षभरि टाढा रहने परिवारजन, आफन्तजन पनि यो पर्व मनाउन जमघट गर्छन् । मघौटा नाच र ढमार गीतले बस्ती गुञ्जयमान छन् । ठाउँमा–ठाउँमा लाग्ने माघी मेलामा बालकदेखि वृद्धवृद्धासम्मको लस्कर देखिन्छ
माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा श्रद्धापूर्वक नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरूसँग भेटघाट गर्ने, ठुलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने प्रचलन छ । मकर संक्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास छ ।