सुनसरी। दुरा गाउँ पुग्न अन्तिम बस छुट्ने समयलाई ध्यानमा राखेर हामी पाउँदीका युवा अनिल श्रेष्ठसँग निरन्तर सम्पर्कमा थियौं । उनको होटलमा हाम्रो स्वागत भयो । छिटो खाजा खाई स्थानीय टेम्पोमा चढेर अन्तिम बससमक्ष पुग्यौं । साँघुरो, कच्ची बाटो भएर बसले हामीलाई सूर्योदयको प्रतीक्षा गरिरहेको दुरा गाउँमा पुर्यायो ।