काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्ने ‘बेथानचोक नारायणस्थान क्षेत्र’मा यात्रा नगर्न आग्रह गरिएको छ । गाउँपालिकाले आगलागीको जोखिम भएको क्षेत्रभित्र सो मन्दिर परिसर पनि पर्ने भएकाले यात्रा नगर्न आग्रह गरेको हो ।

पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ का केही क्षेत्रहरू समेत जोखिममा रहेको जानकारी गराउँदै पालिकाले आगलागी नियन्त्रण नहुँदासम्म त्यस क्षेत्रमा नजान आग्रह पालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत् जनाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्