सुनसरी ।नेपालबाट काम खोज्दै मासिक औसत ६५ हजार ५ सय ११ युवा विदेशिएको तथ्यांक सार्वजनिक भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार मासिक साढे ६५ हजार युवा कामको खोजीमा विदेश उड्ने गरेको देखिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७ हजार १ सय ५ महिला छन् ।
पुस मसान्तसम्म २ लाख २५ हजार ६ सय २५ नयाँ श्रम स्वीकृति र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृतिमा विदेश गएका छन् । ईपीएस कोरिया र इजरायलमा भने कुल ४ हजार ८ सय १४ युवा गएको तथ्यांकमा देखिन्छ ।