प्रायः हिउदयाममा नियमित विद्युत आपूर्ति नहुँदा सिमेन्टको मूल्य बढ्ने गरेको व्यवसायीहरूले बताएका छन्।

संघीय संसदको लेखा समितिमा भइरहेको छलफलमा व्यवसायीहरूले यस्तो बताएका हुन्।

‘विगत १० वर्षदेखिको तथ्यांक हेर्ने हो भने पुस/माघमा प्रायः प्रतिबोरा मूल्य सय रूपैयाँले बढ्ने गर्छ,’ सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले भने, ‘अहिले उद्योगमा १२ घन्टासम्मको लोडसेडिङ भइरहेको छ, यसले लागत बढाएको छ। त्यसैले गर्दा सिमेन्टको भाउ पनि यो समय बढेको हो।’

उनले विद्युत प्रतियुनिट ९ रूपैयाँ पर्ने भए पनि लोढसेडिङमा जेनेरेटर चलाउँदा एक युनिटलाई ४१ रूपैयाँसम्म पर्ने गरेको बताए। यसको कारण एक टन सिमेन्ट उत्पादनमा थप ३७ सय रूपैयाँ लागत बढी परिरहेको उनले जानकारी गराए। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्