सुनसरी ।आइसीसी यू-१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ ।

बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ ।

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । किरण कुँवरको स्थानमा तृष्णा विक खेल्दैछिन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्