सुनसरी ।सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन् ।

रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह भएको ऋण गोर्खा मिडिया नेटवर्कमै गएको बताएका हुन् ।
‘बुटवलको वडा नम्बर ११ को ऋण लिनका लागि निवेदन दिने रवि लामिछाने म होइन भनेर भन्नुभएको छ,’ इजलासमा सरकारी वकिलले भनेका छन्, ‘तर कागजपत्रले ऋण उहाँकोमा नै गएको देखिन्छ । ऋण उहाँले नै चलाउनुभएको छ ।’

गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पुर्‍याउनले बेलामा १५ प्रतिशत शेयर वापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उक्त रकम बुटबलको सुप्रिम सहकारीबाट ल्याएको पाइएको संसदीय विशेष छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्