मोटोपन घटाउनका लागि मानिसहरु जिम, योगा र रनिङजस्ता विधि अपनाउँछन् । इन्टरनेटमा पढेर धेरै तरिकाहरु अपनाउँछन् । तर, दैनिक रुपमा पैदल हिंडेर पनि तौल कम गर्न सकिन्छ । तौल कम गर्नका लागि कति हिँड्ने, यो प्रश्न भने महत्वपूर्ण छ । तौल घटनाउनका लागि पैदल हिँड्नु सबैभन्दा राम्रो तरिकामध्ये एक हो । यसका लागि तपाई मनदेखि प्रतिवद्ध हुनुपर्छ । पैदल हिँड्दा तौल कम हुनसक्छ र तपाईंको फिटनेस लेवल पनि बढ्नेछ ।